नबिल बैंकले भिसा लिडरसिप कन्क्लेभमा जित्यो तीन विधाका अवार्ड



बिजमाण्डू
२०८२ मंसिर १२ गते १२:२१ | Nov 28, 2025
नबिल बैंकले भिसा लिडरसिप कन्क्लेभमा जित्यो तीन विधाका अवार्ड

काठमाडौं। नबिल बैंकले भिसा इन्टरनेसनलद्वारा प्रदान गरिने तीन वटा महत्त्वपूर्ण विधामा अवार्ड जितेको छ।

Tata
GBIME
Nepal Life

बैंकले यस वर्ष एक्सिलेन्स इन कन्जुमर डेबिट कार्ड्स् बिजनेस प्रिन्सिपल क्लाइन्ट, एक्सिलेन्स इन कन्ट्याकलेस-इस्युइङ र एक्सिलेन्स इन इ-कमर्स एक्वायरिङ बिजनेस प्रिन्सिपल क्लाइन्ट विधामा अवार्ड जितेको हो।

काठमाडौंस्थित मेरियट होटलमा आयोजित एक कार्यक्रममा बैंकलाई यी अवार्ड प्रदान गरिएको बैंकले जनाएको छ। विगतमा पनि उक्त विधामा नबिल बैंकको वर्चस्व रहँदै आएको छ।

अवार्ड ग्रहणपछि नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईले उक्त उपलब्धिले आफूहरूलाई थप ऊर्जा प्रदान गरेको बताए। उनले उक्त उपलब्धिको श्रेय बैंकका कार्डवाहक ग्राहक, व्यवसायी तथा कर्मचारीलाई जाने बताए।

कार्ड प्रदायक कम्पनी भिसाले नेपालमा वार्षिक रुपमा भिसा लिडरसिप कन्क्लेभ आयोजना गर्दै आएको छ। नेपालका बैंक तथा वित्तीय संस्था, फिनटेक, इ-कमर्स, व्यापार व्यवसायमा भिसा कार्डको प्रयोग हुँदै आएको छ।