कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकले पारस अस्पतालमा ५०% सम्म छुट पाउने



बिजमाण्डू
२०८२ मंसिर १२ गते १२:०२ | Nov 28, 2025
कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकले पारस अस्पतालमा ५०% सम्म छुट पाउने

काठमाडौं। कामना सेवा विकास बैंक र मोरङको बिराटनगरस्थित पारस अस्पतालबीच सेवा शुल्कमा छुट दिने सम्बन्धमा सम्झौता भएको छ।

Tata
GBIME
Nepal Life

सम्झौताअनुसार बैंकका कर्मचारी र ग्राहकले अस्पतालले प्रदान गर्ने विभिन्न सेवा/सुविधामा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

बैंकसँगको आबद्धता भएको प्रमाणका आधारमा ग्राहकले यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन्। यस सम्झौताबाट बैंकसँग आबद्ध सबैले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ।

उक्त छुटसम्बन्धी सम्झौतामा बैंकका कोशी प्रदेश प्रमुख खिम लाल भुसाल र पारस अस्पतालका अध्यक्ष सफिउर रहमानले हस्ताक्षर गरेका छन्।