एनएमबि बैंकले एनसीएचएलसँगको सहकार्यमा सञ्चालनमा ल्यायो अनलाइन पेमेन्ट गेटवे



बिजमाण्डू
२०८२ मंसिर १२ गते ११:३२ | Nov 28, 2025
एनएमबि बैंकले एनसीएचएलसँगको सहकार्यमा सञ्चालनमा ल्यायो अनलाइन पेमेन्ट गेटवे

काठमाडौं। एनएमबि बैंकले नेपाल क्लियरिङ हाउस (एनसीएचएल)सँगको सहकार्यमा आफ्ना ग्राहकका लागि ई–कमर्स पेमेन्ट गेटवेको सेवा थपेको छ।

Tata
GBIME
Nepal Life

बैंकले एनसीएचएलसँगको सहकार्यमा इसीसी आइपीएस नेपालपे क्यूआर आरपीएस कनेक्ट आइपीएस कर्पोरेटपे लगायत सेवा प्रदान गर्दै आएकामा अब कार्डमा आधारित ई–कमर्स पेमेन्ट गेटवे सेवा थपिएको हो।

पेमेन्ट गेटवेको सुविधामार्फत बैंकका अनलाइन मर्चेन्टले जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकबाट जारी गरिएको भिसा र मास्टर कार्डमार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन्।

ई-कमर्स ट्रान्जेक्सनलाई प्रवर्धन गर्ने उद्देश्यले अनलाइन पेमेन्ट गेटवे सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।