उच्च मूल्यमा पुगेको सुन प्रति तोला ४ सय घट्यो, चाँदी तोलामा ६० रुपैयाँ बढ्यो



बिजमाण्डू
२०८२ मंसिर ११ गते ११:४० | Nov 27, 2025
उच्च मूल्यमा पुगेको सुन प्रति तोला ४ सय घट्यो, चाँदी तोलामा ६० रुपैयाँ बढ्यो

काठमाडौं। लगातार उच्च भएको सुनको मूल्यमा दुई दिनपछि सामान्य गिरावट छ। गिरावटका बाबजुद बिहीबार नेपाली बजारमा सुन प्रति तोला २ लाख ४८ हजार ४ सय रुपैयाँ छ।

Tata
GBIME
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको भन्दा सुन तोलामा ४ सय रुपैयाँ घटेको हो। मंगलबारमा तुलनामा बुधबार तोलामा ९ सय रुपैयाँ बढेर कारोबार मूल्य कायम भएको थियो। सुनको मूल्य बुधबार २ लाख ४८ हजार ८ सय रुपैयाँ पुगेको थियो।

त्यसअघि मंगलबार तोलाको २ लाख ४७ हजार ९ सय थियो। चालु साताको प्रारम्भमा कारोबार मूल्य २ लाख ४४ हजार ६ सय रुपैयाँ थियो।

चाँदीको मूल्यमा ६० रुपैयाँको बढोत्तरी छ। बिहीबार चाँदी प्रति तोला ३ हजार २ सय ८० रुपैयाँ भएको छ। बुधबार तोलाको ३ हजार २ सय २० रुपैयाँमा कारोबार भएको थियो। गत मंगलबार प्रति तोला ३ हजार २ सय रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रति औंस ४१५२.६९ डलर र चाँदी प्रतिऔंस ५२.९४ डलर छ। बुधबार सुन ४१५६.७२ डलर र चाँदी प्रति औंस ५२.०९ डलरले कारोबार भएको थियो।