सुनको कारोबार मूल्य क्रमिक उच्च, तोलाको २ लाख ४८ हजार ८ सय रुपैयाँ पुग्यो



बिजमाण्डू
२०८२ मंसिर १० गते ११:३८ | Nov 26, 2025
सुनको कारोबार मूल्य क्रमिक उच्च, तोलाको २ लाख ४८ हजार ८ सय रुपैयाँ पुग्यो

काठमाडौं। सुनको मूल्य फेरि लगातार बढेको छ। बुधबार कारोबार मूल्य प्रति तोला २ लाख ४८ हजार ८ सय रुपैयाँ पुगेको छ।

Tata
GBIME
Nepal Life

अघिल्लो दिनको तुलनामा तोलामा ९ सय रुपैयाँ बढेर कारोबार मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि सोमबारका तुलनामा ५ हजार २ सय रुपैयाँ बढेर मंगलबार तोलाको २ लाख ४७ हजार ९ सय रुपैयाँ भएको थियो।

अन्तर्राष्ट्रिय बजारमै मूल्य लगातार उच्च भइरहँदा नेपालमा कारोबारमा दबाब परेको छ। सुनसँगै चाँदी पनि महँगिएको छ।

चाँदी बुधबार तोलामा २० रुपैयाँ बढेको छ। महासंघका अनुसार कारोबार मूल्य प्रति तोला ३ हजार २ सय २० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी ८५ रुपैयाँ बढेर प्रति तोला ३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस ४१६७.७२ डलर पुगेको छ। चाँदी प्रति औंस ५२.०९ डलरले कारोबार भइरहेको छ। मंगलबार सुन प्रति औंस ४१४६.५३ डलर र चाँदी ४१.५८ डलर थियो।