काठमाडौं। सुनको मूल्य एकैदिन तोलामा ५ हजार २ सय रुपैयाँले बढेको छ। मंगलबार कारोबार मूल्य प्रति तोला २ लाख ४७ हजार ९ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि साताको पहिलो दिनका तुलनामा १ हजार ९ सय रुपैयाँ घट्दा सोमबार तोलाको २ लाख ४२ हजार ७ सय रुपैयाँ भएको थियो। गत आइतबार कारोबार मूल्य प्रति तोला २ लाख ४४ हजार ६ सय रुपैयाँ थियो।
चाँदी तोलामा ८५ रुपैयाँ बढेको छ। मंगलबार कारोबार मूल्य प्रति तोला ३ हजार २ सय रुपैयाँ पुगेको छ। सोमबार तोलाको ३ हजार १ सय १५ रुपैयाँ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर मंगलबार प्रति औंस ४१४६.५३ डलर भएको छ। चाँदी प्रति औंस ५१.५८ डलरले कारोबार भइरहेको छ।








