काठमाडौं। ग्लोबल आइएमई बैंकले एसएआर एसोसियट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई लेखा परीक्षक नियुक्त गरेको छ।
बैंकले १९औं वार्षिक साधारण सभाको निर्णय अनुसार चालु आर्थिक वर्षको लेखा परीक्षणका लागि एसएआर एसोसियट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई लेखा परीक्षक नियुक्त गरेको हो।
बैंकको लेखा परीक्षण गरेबापत कम्पनीले भ्याटबाहेक ४१ लाख रुपैयाँ पाउनेछ।










