सुनचाँदीको मूल्यमा गिरावट, सुन प्रति तोला १९ सय घट्दा चाँदी २० रुपैयाँ सस्तियो



बिजमाण्डू
२०८२ मंसिर ८ गते १२:२८ | Nov 24, 2025
सुनचाँदीको मूल्यमा गिरावट, सुन प्रति तोला १९ सय घट्दा चाँदी २० रुपैयाँ सस्तियो

काठमाडौं। साताको दोस्रो दिन सुनचाँदीको कारोबार मूल्य घटेको छ। सुन तोलामा १ हजार ९ सय र चाँदी २० रुपैयाँ घटेको छ।

Tata
GBIME
Nepal Life

सोमबार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ४२ हजार ७ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार तोलाको २ लाख ४४ हजार ६ सय रुपैयाँ पुगेको थियो।

गत शुक्रबारका तुलनामा आइतबार प्रति तोला २ हजार ९ सय रुपैयाँ बढेर कारोबार मूल्य कायम भएको थियो। शुक्रबार प्रति तोला २ लाख ४१ हजार ७ सय रुपैयाँ थियो।

चाँदी तोलाको ३ हजार १ सय १५ रुपैयाँ भएको छ। गत शुक्रबारका तुलनामा ३५ रुपैयाँ बढेर आइतबार प्रति तोला ३ हजार १ सय ३५ रुपैयाँ पुगेको थियो। सोमबार २० रुपैयाँ घट्दै कारोबार मूल्य कायम भएको हो।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनचाँदीको मूल्यमा गिरावट छ। एक दिनमा १३.१६ डलर घटेर सुन प्रति औंस ४०५६.११ डलरले कारोबार भइरहेको छ भने चाँदी प्रति औंस ४९.९८ डलर छ।