काठमाडौं। कुमारी बैंकका ग्राहकले बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले प्रदान गर्ने सेवामा १३ प्रतिशत छुट पाउने भएका छन्।
यस सम्बन्धमा बैंक र बन्दीपुर केबल कारबीच सम्झौता भएको छ। बैंकका गण्डकी प्रदेश प्रमुख सुदर्शन जंग राणा र केबलकारका प्रमुख कार्यकारी अधिकृत रोमनमान श्रेष्ठले सम्झौतामा हस्हताक्षर गरेका छन्।
सम्झौताबमोजिम कुमारी बैंकका ग्राहकले केबलकार टिकट, स्काई साइक्लिङ र जिपलाइन टिकट तथा डाइभइन रेष्ट्रोमा १३% छुट पाउनेछन्। छुट सुविधाका लागि बैंकका ग्राहकले मोबाइल बैंकिङ वा डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्नुपर्नेछ।










