काठमाडौं। महालक्ष्मी विकास बैंकका ग्राहकले अरेबिका कफी र क्याफियोफिलिया कफीमा विशेष छुट पाउने भएका छन्। बैंकले दुई क्याफेसँग सम्झौता गरेको जनाएको छ।
सम्झौताअन्तर्गत महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरूले छुट पाउने छन्।
बैंकका अनुसार अरेबिका कफीका विभिन्न फ्रेन्चाइजहरू दरबारमार्ग, बौद्ध, बानेश्वर, राधे राधे भक्तपुर, यूएन पार्क ललितपुर, मानभवन, कालीमाटी, बुढानिलकण्ठ र भैंसेपाटी ललितपुरलेमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। जसअन्तर्गत कफी तथा तातो पेय पदार्थमा १० प्रतिशत र इटालियन खानामा १५ प्रतिशतसम्म छुट पाउन सकिने बैंकले जानकारी दिएको छ।
त्यसैगरी, क्याफियोफिलिया भैंसेपाटीले प्रदान गर्ने बेकरी आइटम बाहेकका सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले बताएको छ। यस किसिमको सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरू प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ।










