एनआईसी एशिया बैंकका ग्राहकले काइरोप्राक्टिक एन्ड म्यानुअल थेरापी सेन्टरमा छुट पाउने



बिजमाण्डू
२०८२ मंसिर ७ गते १५:५८ | Nov 23, 2025
एनआईसी एशिया बैंकका ग्राहकले काइरोप्राक्टिक एन्ड म्यानुअल थेरापी सेन्टरमा छुट पाउने

काठमाडौं। एनआईसी एशिया बैंकका ग्राहकले काइरोप्राक्टिक एन्ड म्यानुअल थेरापी सेन्टरमा विशेष छुट पाउने भएका छन्। बैंकले थेरापी सेन्टरसँग छुटसम्बन्धी सम्झौता भएको जनाएको छ।

Tata
GBIME
Nepal Life

सम्झौताअनुसार बैंकका ग्राहकले काठमाडौंको बालुवाटार र त्रिपुरेश्वर तथा बुटवलमा रहेका सेन्टरका शाखाहरूमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

उक्त छुट पाउन ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी अथवा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ। थेरापी सेन्टरसँगको यस सहकार्यले ग्राहकलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।