काठमाडौं। मितेरी डेभलपमेन्ट बैंकमा तीन सञ्चालक छानिएका छन्। बैंकको शनिबार सम्पन्न २०औं वार्षिक साधारण सभाबाट तीन जना सञ्चालक निर्विरोध चयन भएका हुन्।
साधारण सेयरधनीका तर्फबाट शम्भुप्रसाद श्रेष्ठ, बन्धना वैद्य र सुमितकुमार अग्रवाल चार वर्षका लागि निर्वाचित भएको बैंकले जनाएको छ।
बैंकका स्वतन्त्र सञ्चालक पनि फेरिएका छन्। नेत्रप्रसाद दाहालले राजीनामा दिएपछि उनको ठाउँमा रमेश दाहाल नियुक्त भएका छन्।










