ओमोडा एण्ड जेकोको शोरुममा एनपीएलको ट्रफी, चंखेसँग ऐरीको ‘ह्यान्डसेक’ (तस्वीरहरु)



सुशील श्रेष्ठ
२०८२ कात्तिक २८ गते १५:२२ | Nov 14, 2025
ओमोडा एण्ड जेकोको शोरुममा एनपीएलको ट्रफी, चंखेसँग ऐरीको ‘ह्यान्डसेक’ (तस्वीरहरु)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी टुर आज ओमोडा एण्ड जेकोको शोरुममा पुगेको छ। काठमाडौंको उत्तरढोकास्थित शोरुममा ट्रफी प्रदर्शनमा राखिएको हो।

Tata
GBIME
Nepal Life

ओमोडा एण्ड जेकोको नेपालका लागि आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले ट्रफीलाई ‘डिस्प्ले’ गरेको हो।

ट्रफी प्रदर्शनीमा ओमोडा एण्ड जेको ब्रान्डको ब्रान्ड एम्बेस्डर दिपेन्द्र सिंह ऐरी र शारडा ग्रपका निर्देशक गौरव शारडा र सन्दिप शारडा उपस्थित थिए।

ओमोडा एण्ड जेको ब्रान्ड एनपीएलको दोस्रो संस्करणमा आधिकारिक ड्रिभन पार्ट्नरका रुपमा आवद्ध रहेको छ। कम्पनीले एनपीएलको पहिलो सिजनमा पनि ड्रिभन पार्ट्नर थियो।

ट्रफी प्रदर्शनी कार्यक्रममा गौरव शारडाले मंसिर १ गतेदेखि हुने नेपाल प्रिमियर लिग पनि ओमोडा एण्ड जेको जोडिन पाउँदा खुशी लागेको बताए।

‘एनपीएलको गत सिजन साँच्चै प्रेरणादायी थियो। नेपालका क्रिकेट प्रशंसक र खेलाडीहरुको जोश र प्रदर्शन शक्ति देखेर हामीलाई यो राष्ट्रलाई चलाउने अटुट भावनाको सम्झना भयो,’ उनले भने, ‘हामी एनपीएल ट्रफी टुर चलाएर त्यो यात्रालाई अझ अगाडि बढाउन पाउँदा गर्व गर्छौं।’

एनपीएलको ट्रफी पछिल्लो समय प्रत्येक टोलीको गृहनगरमा पुगेको थियो।

कम्पनीले एनपीएलमा देखिने एआई डगलाई पनि आज शोरुमामा प्रस्तुत गरेको थियो। सो एआई डगको नाम चंखे राखिएको छ।