काठमाडौं। कुमारी बैंक लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी बीच विशेष सेवाहरुमा छुटको प्रावधान सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापश्चात कुमारी बैंकका डेबिट वा क्रेडिट कार्डवाहकहरुले कार्ड मार्फत भुक्तानी गर्दा, तिनकुनेको सुविधानगरस्थित उक्त सिद्धार्थ बिजनेस ग्रुप अन्तर्गतका होटेल रेस्टुरेन्टहरुमा १०% सम्मको छुट पाउन सक्ने बैंकले जनाएको छ।
यसैगरी, ग्राहकहरुले होटेल बसाईमा रुम शुल्कमा पनि कर्पोरेट छुट प्राप्त गर्न सक्ने बैंकले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।
सम्झौतापत्रमा कुमारी बैंकका तर्फबाट बैंकका रिलेसनसिप म्यानेजर उदित बहादुर सिंह तथा सिद्धार्थ बिजनेस ग्रुपका तर्फबाट सेल्स तथा मार्केटिङ्ग निर्देशक प्रभाकर खड्काले हस्ताक्षर गरे।
कुमारी बैंकले आफ्ना देशभरका दुई सय तीनवटा शाखा सञ्जाल, १ सय ३८ एटिएम, २२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेन्सन काउन्टरबाट बैंकिङ्ग सेवा दिँदै आएको जनाएको छ।