काठमाडौं। नेपाल राष्ट्र बैंकका निर्देशक राजनविक्रम थापा कार्यकारी निर्देशकमा बढुवा भएका छन्।
राष्ट्र बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले थापालाई कार्यकारी निर्देशकमा बढुवा गरेको हो।
थापा हाल गभर्नरको कार्यालयमा कार्यरत रहेकामा बढुवापछि उनको पदस्थापना गर्न बाँकी छ। थापा २०५३ चैत २७ देखि राष्ट्र बैंकमा कार्यरत छन्।
उनले सेवा अवधिका कारण कार्यकारी निर्देशकका रुपमा लामो समय काम गर्न पाउने छैनन्। ३० वर्षे सेवा अवधिका कारण उनले २०८३ चैत २६ गते अवकाश पाउनेछन्।










