काठमाडौं। नियमित महाधिवेशनको माग गर्दै नेपाल विद्यार्थी संघले ललितपुरको सानेपामा रहेको कांग्रेस केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ।
पार्टीमा युवाहरुको ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चितता माग गर्दै नेविसंघका नेताहरुको उपस्थितिमा केन्द्रीय कार्यालयको मुलगेटमै तालाबन्दी गरेको हो।

कांग्रेसमा महाधिवेशन कार्यतालिकाको विषयमा विवाद हुँदा केन्द्रीय समिति पटकपटक स्थगित हुँदै आएको छ।


















