काठमाडौं। पोखरा विमास्थल खुलेको ३० मिनेटमै बन्द भएको छ।
पोखरा विमानस्थल खराब मौसमका कारण शुक्रबार खुलेको ३० मिनेटमा नै बन्द भएको हो। मौसममा खराबीका कारण पोखरामा विमानस्थलमा बिहीबार पनि आन्तरिक उडान न्यून संख्यामा मात्र भएको थियो।
खराब मौसमका कारण भिजिबिलिटी कम भएपछि भरतपुर, भद्रपुर र तुम्लिङटार विमानस्थल पनि बन्द भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका एक कर्मचारीले बताए।











