BIZMANDU
www.bizmandu.com

पोखरा विमानस्थल खुलेको ३० मिनेटमै बन्द, खराब मौसमले भरतपुर, भद्रपुर र तुम्लिङटार पनि प्रभावित

२०८२ कात्तिक १४

पोखरा विमानस्थल खुलेको ३० मिनेटमै बन्द, खराब मौसमले भरतपुर, भद्रपुर र तुम्लिङटार पनि प्रभावित
फाइल तस्वीर

काठमाडौं। पोखरा विमास्थल खुलेको ३० मिनेटमै बन्द भएको छ।

Tata
GBIME
Nepal Life

पोखरा विमानस्थल खराब मौसमका कारण शुक्रबार खुलेको ३० मिनेटमा नै बन्द भएको हो। मौसममा खराबीका कारण पोखरामा विमानस्थलमा बिहीबार पनि आन्तरिक उडान न्यून संख्यामा मात्र भएको थियो।

खराब मौसमका कारण भिजिबिलिटी कम भएपछि भरतपुर, भद्रपुर र तुम्लिङटार विमानस्थल पनि बन्द भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका एक कर्मचारीले बताए।