नयाँ खुलेको अजोड इन्स्योरेन्सको आइपीओ २५ गतेबाट, २७ लाख ३० हजार कित्ता सर्वसाधारणलाई

बिजमाण्डू
२०७७ असार १७ गते ०८:४८ | Jul 1, 2020
नयाँ खुलेको अजोड इन्स्योरेन्सको आइपीओ २५ गतेबाट, २७ लाख ३० हजार कित्ता सर्वसाधारणलाई


काठमाडौं। नयाँ आएको बीमा कम्पनीमध्ये अजोड इन्स्योरेन्सले सबैभन्दा पहिले सर्वसाधारणलाई सेयर जारी गर्ने भएको छ। कम्पनीले आगामी २५ गतेबाट सेयर जारी गर्न लागेको हो। 

Tata
GBIME

कम्पनीले १०० रुपैयाँ अंकित दरका ३० लाख कित्ता सेयर जारी गर्न लागेको हो। कुल ३० करोडको सेयर जारी गरेपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुग्ने छ। 

कम्पनीले ३० लाख कित्ताको ४ प्रतिशत अर्थात एक लाख २० हजार कित्ता सेयर कर्मचारीका लागि छुट्याएको छ। यसैगरी अर्को ५ प्रतिशत सेयर सामूहिक लगानी कोष कम्पनीहरुलाई छुट्याएको छ। बाँकी रहेको २७ लाख ३० हजार कित्ता सेयर मात्र सर्वसाधारणले पाउने छन्।

कम्पनीको सेयरमा कम्तिमा १० कित्ता र बढीमा १० हजार कित्ताका लागि आवेदन दिन पाइन्छ। आवेदन २९ गतेभित्र दिइसक्नु पर्छ। कम्पनीको बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ।