स्थानीय र प्रदेशको तथ्याङ्क प्रशोधन गर्न केशव आचार्यको सुझाब: लघुवित्तलाई मर्जरमा लैजाउ

बिजमाण्डू
२०७७ असार १२ गते १३:१२ | Jun 26, 2020


काठमाडौं। अर्थविद केशव आचार्यले राष्ट्र बैंकले प्रदेश र स्थानीय तहको तथ्यांक पनि सार्वजनिक गर्नुपर्ने बताएका छन्। आर्थिक पत्रकार समाज सेजनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले राष्ट्र बैंकले अब एउटा प्रदेशबाट अर्को प्रदेशमा, एक स्थानिय तहबाट अर्को स्थानिय तहमा हुने आर्थिक क्रियाकलापको अभिलेख राख्नुपर्ने बताएका हुन्। 

Tata
GBIME

आगामी मौद्रिक नीतिका बारेमा भएको छलफलमा उनले भने "केन्द्रमा जस्तै अब प्रदेश र स्थानिय तहको पनि तथ्यांक निकाल्न सुरु गर्नुपर्छ, यसले ती तहहरुलाई दीर्घकालिन आर्थिक योजना बनाउन सहज हुनेछ।" 

दुबै तहमा हुने सबै खाले आर्थिक क्रियाकलापलाई अभिलेख गर्नुपर्ने आचार्यको भनाई छ। 

यस्तै मौद्रिक नितिले लघुवित्तलाई मर्जर प्रक्रियामा लैजाने निति ल्याउनु पर्ने बताए। 

राष्ट्र बैंकले मौद्रिक नितिलाई वित्तीय साक्षरता बढाउनका लागि पनि लक्षित गर्नुपर्ने आचार्यको भनाई छ। 

अहिले राष्ट्र बैंकले सीआरआरको दर घटाएपनि बैंकहरुले आफ्नो क्षमता पुर्ण रुपमा प्रयोग गर्न नसकेको आचार्यले बताए। यसको लागि प्रोभिजनिङलाई पनि खुकुलो पार्नुपर्ने उनको भनाई छ।