काठमाडौंमा छठको तयारी, गौरीघाट र कमलपोखरीलाई यसरी सजाइँदै (तस्वीरहरु)



प्रवीण रानाभाट, सुशील श्रेष्ठ
२०८२ कात्तिक ९ गते १४:४४ | Oct 26, 2025
काठमाडौंमा छठको तयारी, गौरीघाट र कमलपोखरीलाई यसरी सजाइँदै (तस्वीरहरु)

काठमाडौं । अहिले मधेशसँगै पहाडी क्षेत्रमा छठको उल्लास छ। भोलि सूर्यलाई अर्घ दिएर छठ मनाउन विभिन्न स्थानमा तयारी भइरहेको छ।

Tata
GBIME
Nepal Life

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा छठ पर्वको तयारी भइरहेको छ। काठमाडौंको गौरीघाटमा छठ पर्वका लागि नदी किनारामा सरसफाई र सजावटको कार्य भइरहेको छ।

यस पटक गौरीघाटमा ६१० स्टलहरू तयार परिँदैछ। स्टल प्रयोग गर्न १ स्टल बराबर १५०० रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको गौरीघाट छठ विकास समितिका अध्यक्ष अनिल सिंहले जानकारी दिएका छन्।

यस्तै, कमलपोखरीमा पनि छठको तयारी चलिरहेको छ। पोखरी परिसरमा छठका लागि आवश्यक स्टल र अन्य पूर्वाधार निर्माण भइरहेको छ।