मनमोहक मर्दीबाट माछापुच्छ्रे नियाल्न पर्यटकको ओइरो, होटल खचाखच (तस्वीरहरु)



बिजमाण्डू
२०८२ कात्तिक ९ गते ०९:१३ | Oct 26, 2025
मनमोहक मर्दीबाट माछापुच्छ्रे नियाल्न पर्यटकको ओइरो, होटल खचाखच (तस्वीरहरु)

काठमाडौं । कास्कीको पर्यटकीय क्षेत्र हो मर्दी हिमाल। आँखै अगाडि ठोक्किने गरी हिमाल हेर्न यहाँ मानिसहरुको ओइरो लाग्ने गर्छ। घाम लाग्दा बादल माथिको मर्दीको रुप झनै मनमोहक देखिन्छ।

Tata
GBIME
Nepal Life

तिहारको बिदा लामो हुँदा यसपटक मर्दीसम्म पुग्नेको घुइँचो लागेको छ। मर्दीको काखैमा रहेको आधार शिविरबाट वरपर हेर्दा त्यहाँ पुग्दाको थकाई मेटिन्छ।

यहाँ पर्यटकलाई लक्षित गरी हाइक्याम्पमा १३ वटा, फोरेस्ट क्याम्पमा १२ वटा, लो क्याम्पमा ९ वटा, बादल डाँडामा ६ वटा होटेल संचालनमा छन्। यसपटक धेरै आन्तरिक र बाह्य पर्यटक पुग्दा होटल खचाखच भरिएका छन्।

पाँच हजार ५८७ मिटरको मर्दी हेर्न पुग्दा त्यहाँबाट माछापुछ्रे हिमाल पनि मजाले हेर्न सकिन्छ।

सबै तस्वीर : शुक्र गिरी/बिजमाण्डू