काठमाडौं । आजबाट नेपालको मौलिक संवत् नेपाल संवत् ११४६ सुरु भएको छ। यसै अवसरमा नेपालभर विभिन्न कार्यक्रम गरि न्हूदँ (नयाँ वर्ष) को स्वागत गरिँदैछ।
नयाँ वर्षको उपलक्ष्यमा आज काठमाडौंको वसन्तपुरमा भिंतुना र्याली निकालियो।

वसन्तपुरबाट निस्किएको सांस्कृतिक र्यालीले नगर परिक्रमा गरेको थियो। र्यालीमा परम्परागत भेषभुषा र बाजागाजासहित स्थानीय बासिन्दाको उपस्थिति थियो।
आज दिनभरी नै उपत्यकामा नेपाल संवतको स्वागतमा विभिन्न कार्यक्रमहरु आयोजना गरिँदैछ। आज बेलुकी नेवार समुदायले म्ह: पूजा गर्दैछन्।

वसन्तपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भइन्। उनले नेपाल संवतका प्रवर्धक शंखधर साख्वा: लाई सम्झिँदै नागरिक सरकारलाई दिइएको म्यान्डेटबारे जानकारी दिएकी थिइन्।
साथै उनले नेपाल संवतको प्रयोग नोटमा गर्नेबारे पनि कार्य सुरु गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

























