काठमाडौं । जेनजी प्रदर्शनपछि सडकमा फितलो रुपमा प्रस्तुत भएको ट्राफिक प्रहरी केहीदिन यता एक्सनमा उत्रिएको छ।
ट्राफिक प्रहरीले पहिला झै चेकिङ सुरु गरेको छ। चोक चोकमा ट्राफिकको उपस्थिति बलियो देखिन थालेको छ।
आज ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट मोटरसाइकलको स्वरूप वा संरचना परिवर्तन गरि ठूलो आवाज निकाल्ने बाइकहरु नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ।

ठूलो आवाज निकालेर समाजमा अराजकता फैलाएको भन्दै १०० भन्दा बढी मोटरसाइकल उपत्यका ट्राफिक प्रहरी कार्यालय नियन्त्रणमा लिएको हो।
जेनजी प्रदर्शनका क्रममा यस्तै प्रकारका बाइकहरुले विभिन्न स्थानमा ठूलो आवाज निकाल्दै त्रास फैलाएको थियो।


















