शुक्रबार थप २७८ जनामा कोरोना, संक्रमितको संख्या २९ सय नाघ्यो, ६८ जिल्लामा फैलियो संक्रमण

बिजमाण्डू
२०७७ जेठ २३ गते १६:५४ | Jun 5, 2020

Tata
GBIME

काठमाडौं। शुक्रबार थप २७८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। योससँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई हजार नौ सय १२ पुगेको छ।

शुक्रबार थपिएका संक्रमितहरुमा सबैभन्दा धेरै दैलेखका ९० जना र कपिलवस्तुका ४४ जना रहेका छन्। त्यसैगरि सुनसरीका ८ जना, मोरङका ६ जना, अर्घाखाँचीका १ जना, नवलपरासीका २ जना, पाल्पाका १ जना र रुपन्देहीका १८ जना रहेका छन्।

त्यसैगरि सिन्धुलीका २ जना, बाराका ३ जना, तनहुँका २ जना, भोजपुरका ५ जना, सुनसरीका १३ जना, कैलालीका ४ जना, अछामका १ जना, बझाङका १ जना र डडेलधुराका ५ जना रहेका छन्।

त्यसैगरि रामेछापका १७ जना, काभ्रेका ५ जना, झापका १२ जना, सुर्खेतका १ जना, दाङका १ जना, जुम्लाका ३ जना तथा जुम्लामै कार्यरत हुम्ला, दोलखा, रामेछाप र गोरखाका १/१ जना रहेका छन्।

त्यसैगरि धनुषाका ४ जना, काठमाडौंमा कार्यरत गुल्मी र कास्कीका १/१ जना,महोत्तरीका १७ जना र रौतहटका ६ जना गरि शुक्रबार कुल २७८ जना संक्रमित थपिएका हुन्।

गोरखा, कास्की र हुम्ला जील्लाका १/१ जना संक्रमित थपिएसँगै संक्रमण ६८ जिल्लामा फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
कोरोना संक्रमणबाट अहिले सम्म ११ जनाको मृृत्यु भएको छ भने शुक्रबार थप ४७ जना डिस्चार्ज भएसँगै उपचारपछि निको भएर घर फर्किनेको संख्या ३३३ पुगेको छ।