कीर्तिपुर क्रिकेट रंगशाला एक सातामा तयार हुने, दोस्रो चरणमा ३० हजार दर्शक क्षमतामा विस्तार गरिने



बिजमाण्डू
२०८२ असोज २३ गते १६:३३ | Oct 9, 2025
कीर्तिपुर क्रिकेट रंगशाला एक सातामा तयार हुने, दोस्रो चरणमा ३० हजार दर्शक क्षमतामा विस्तार गरिने

काठमाडौं। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालालाई ३० हजार दर्शक क्षमताको बनाइने भएको छ। रंगशालालाई दोस्रो चरणमा ३० हजार दर्शक क्षमताको बनाइने भएको त्यसका लागि शहरी विकास मन्त्रालयले डिजाइन तयार गरिसकेको छ।

Tata
GBIME
Nepal Life

शहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार निर्माणाधीन रंगशाला अवलोकन गरेका छन्। उनले पहिलो चरणको काम सकिनासाथ दोस्रो चरणको काम अगाडि बढाउनका लागि टेण्डर प्रक्रिया अगाडि बढाइने बताए।

‘दोस्रो चरणको कामका लागि डिजाइन बनाउने काम भइसकेकाले टेण्डर प्रक्रिया चाँडो अगाडि बढाउने विषयमा हामी मन्त्रालयमा छलफलको चरणमा छौं,’ कुलमानले भने।

रंगशालामा १० हजार क्षमताको प्यारापिट बनाउने काम अन्तिम चरणमा पुगेको छ। निर्माण कम्पनीले एक साताभित्र काम सकिने बताएको छ। यस्तै फ्लडलाइट जडानको काम पूरा गर्न भने एक महिना लाग्ने निर्माण कम्पनीको भनाइ छ।

कुकलमानले एनपीएल सुरु हुनुअघि फ्लड लाइट जडान गरी परीक्षणको काम पनि सक्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन्। एनपीएलको दोस्रो संस्करण आगामी मंसिर १ गतेदेखि गर्ने तालिका छ।