नेपाल बैंकको सञ्चालक समितिमा अर्थ मन्त्रालयले फेर्‍यो आफ्नो प्रतिनिधि, पंज्ञानीको ठाउँमा भट्टराई



बिजमाण्डू
२०८२ असोज २३ गते १०:४९ | Oct 9, 2025
नेपाल बैंकको सञ्चालक समितिमा अर्थ मन्त्रालयले फेर्‍यो आफ्नो प्रतिनिधि, पंज्ञानीको ठाउँमा भट्टराई
महेश भट्टराई

काठमाडौं। अर्थ मन्त्रालयले नेपाल बैंकको सञ्चालक समितिमा आफ्नो प्रतिनिधि फेरेको छ।

Tata
GBIME
Nepal Life

मन्त्रालयले थानप्रसाद पंज्ञानीलाई फिर्ता बोलाएर उनको स्थानमा सहसचिव महेश भट्टराईलाई बैंकको सञ्चालक बनाएको हो।

भट्टराईले बुधबार बैंकको सञ्चालक समितिको सदस्यका रुपमा पद तथा गोपनियताको शपथ लिएका छन्। भट्टराई मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख हुन्। पंज्ञानी प्रशासन महाशाखा प्रमुखको रुपमा कार्यरत छन्।