शाहरुख खान ‘बिलिनियर क्लब’मा समावेश, फिल्मदेखि क्रिकेट बन्यो बलियो आयस्रोत



बिजमाण्डू
२०८२ असोज १७ गते १७:०८ | Oct 3, 2025
शाहरुख खान ‘बिलिनियर क्लब’मा समावेश, फिल्मदेखि क्रिकेट बन्यो बलियो आयस्रोत


बलिउडका सुपरस्टार शाहरुख खान ‘बिलिनियर क्लब’मा समावेश भएका छन्। इन्डिया रिच लिस्ट २०२५ अनुसार उनको कुल सम्पत्ति १.४ अर्ब अमेरिकी डलर छ।

Tata
GBIME
Nepal Life

५९ वर्षीय खान अहिले विश्वका सबैभन्दा धनी कलाकारको सूचीमा पर्छन्। यो सूचीमा अर्नोल्ड श्वार्जनेगर, पप स्टार रिहाना, गोल्फ खेलाडी टाइगर वुड्स र गायिका टेलर स्विफ्टजस्ता अन्तर्राष्ट्रिय नाम पनि छन्।

इन्डिया रिच लिस्ट अभिनेत्री जुही चावला, अभिनेता ऋतिक रोशन, अमिताभ बच्चन र फिल्म निर्देशक करण जोहर पनि छन्।

‘रोमान्सका बादशाह’ समेत भनेर खानले तीन दशकभन्दा बढी समय हिन्दी फिल्म क्षेत्रमा बिताइसकेका छन्। पछिल्ला वर्षमा उनी केवल अभिनेता नभई सफल निर्माता र क्रिकेट टिमका मालिकका रुपमा पनि परिचित बनेका छन्।

खानको ‘बिलिनियर स्ट्याटस’ मुख्यतया उनको प्रोडक्सन कम्पनी ‘रेड चिलिज इन्टरटेनमेन्ट’ र उनको आईपीएल क्रिकेट क्लब ‘नाइट राइडर स्पोर्ट्स’को हिस्सेदारीतर्फबाट आएको बताएको छ। यस्तै, उनका अन्य आम्दानीका स्रोतमा फिल्म पारिश्रमिक, विज्ञापन तथा भारत र विदेशमा रहेका रियल स्टेट लगानीहरू रहेका छन्।