भौतिक पूर्वाधार पुनर्निर्माणका लागि सरकारलाई निफ्राको एक करोड, अर्थमन्त्रीलाई हस्तान्तरण



बिजमाण्डू
२०८२ असोज १२ गते १४:३५ | Sep 28, 2025
भौतिक पूर्वाधार पुनर्निर्माणका लागि सरकारलाई निफ्राको एक करोड, अर्थमन्त्रीलाई हस्तान्तरण

काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले जेनजीको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक पूर्वाधार पुनर्निर्माणका लागि सरकारलाई एक करोड रुपैयाँ सहयोग गरेको छ।

Tata
GBIME
Nepal Life

पुनर्निर्माणका लागि सरकारले खडा गरेको कोषमा निफ्राले सहयोग गरेको हो।

सहयोग रकम बराबरको चेक आइतबार बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका छन्।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पुनर्निर्माणका लागि सहयोग गरेको निफ्राले जनाएको छ।