माछापुच्छ्रे बैंकको साधारण सभाबाट लाभांश पारित, प्रतिफल दसैं विदा अगावै सेयरधनीको खातामा



बिजमाण्डू
२०८२ असोज १० गते १५:१९ | Sep 26, 2025
माछापुच्छ्रे बैंकको साधारण सभाबाट लाभांश पारित, प्रतिफल दसैं विदा अगावै सेयरधनीको खातामा

काठमाडौं। माछापुच्छ्रे बैंकको २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंकले आफ्नो साधारण सभामा शुक्रबार पोखरामा गरेको हो।

Tata
GBIME
Nepal Life

साधारण सभाले बैंकको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ। पोहोरको मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि साधारण सभाले पारित गरेको छ।

साधारण सभाले पारित गरेसँगै बैंकका सेयरधनीले ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ४ प्रतिशत नगद लाभांश पाउनेछन्। बैंकले दसैं बिदाअगावै लाभांश सेयरधनीको खातामा जम्मा गर्ने बताएको छ।

बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी १२ अर्ब ८ करोड पुग्नेछ। माछापुच्छ्रे यसपालि साधारण सभा गर्ने पहिलो वाणिज्य बैंक हो।