काठमाडौं। नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बजारबाट ४० अर्ब रुपैयाँ उठाउने भएको छ। राष्ट्र बैंकले बोलकबोलमार्फत ४ दिनका लागि उक्त रकम उठाउन लागेको हो।
यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूसँग प्रस्ताव मागेको छ। बुधबार अपराह्न ३ बजे अनलाइनमार्फत बोलकबोल हुनेछ।
राष्ट्र बैंकले साँवा तथा ब्याज असोज १२ गते भुक्तानी गर्नेछ। राष्ट्र बैंकले यसअघि निक्षेप संकलन उपकरणमार्फत खिचेको २ खर्ब ४८ अर्ब ९० रुपैयाँ परिपक्व हुन बाँकी छ।











