काठमाडौं। प्रदर्शनकारीहरूले संसद् भवनभित्र प्रवेश गरेर आगजनी गर्न थालेका छन्।
जेनजीले सोमबार गरेको आन्दोलन हिंसात्मक बनेपछि १९ जनाको मृत्यु भएको थियो। त्यसकै विरोधमा उत्रिएका प्रदर्शनकारीहरू संसद् भवनभित्र प्रवेश गरेर आगजनी गर्न थालेका हुन्।
प्रदर्शनकारीहरूले बिहानैदेखि प्रधानमन्त्री, मन्त्री, दलका शीर्ष नेताका निवासहरूमा आगजनी गरिरहेका छन्।











