रास्वापाका सांसदले दिए सामूहिक राजीनामा, ‘अब सर्वपक्षीय अन्तरिम नागरिक सरकार गठन’



बिजमाण्डू
२०८२ भदौ २४ गते १४:१० | Sep 9, 2025
रास्वापाका सांसदले दिए सामूहिक राजीनामा, ‘अब सर्वपक्षीय अन्तरिम नागरिक सरकार गठन’

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले सामूहिक राजीनामा दिएका छन्। उनीहरुले जेनजी पुस्ताको प्रदर्शनमा गरिएको बर्बर दमनको विरोध गर्दै मंगलबार सामूहिक राजीनामा दिएका हुन्।

Tata
GBIME
Nepal Life

संघीय संसद्ले कुनै पनि राष्ट्रिय मुद्दाको हल निकाल्न असमर्थ भई वैधता गुमाएको निष्कर्ष निकाल्दै आफ्ना सबै सांसदले राजीनामा दिएको रास्वपाका कार्यबहाक उपसभापति डीपी अर्यालले बताएका छन्।

रास्वपासँग २० सांसद थिए। तीमध्ये पार्टी सभापति एवं संसदीय दलका नेता रवि लामिछाने कारागारमा छन्। सहभारीको रकम हिनामिनामा मुद्दा दायर भएपछि स्वत: निलम्बनमा परेका लामिछाने पुर्पक्षका लागि हाल नख्खु कारागारमा छन्।

राजीनामा दिनेहरुको सूची

१. रवि लामिछाने, संसदीय दलको नेता
२. डोल प्रसाद अर्याल, संसदीय दलको पूर्वनेता
३. डा. स्वर्णिम वाग्ले, सदस्य
४. विराजभक्त श्रेष्ठ, संसदीय दलको उपनेता
५. सन्तोष परियार, प्रमुख सचेतक
६. निशा डाँगी, सचेतक
७. मनिष झा, कोषाध्यक्ष
८. सुमना श्रेष्ठ, सदस्य
९. गणेश पराजुली, सदस्य

१०. सोबिता गौतम, सदस्य

११. डा. तोसिमा कार्की, सदस्य
१२. शिशिर खनाल, सदस्य
१३. हरि ढकाल, सदस्य
१४. प्रा.डा. चन्दा कार्की (भण्डारी), सदस्य
१५. असिम शाह, सदस्य
१६. लक्ष्मी तिवारी, सदस्य
१७. अशोक कुमार चौधरी, सदस्य
१८. शिव नेपाली, सदस्य
१९. बिनिता कठायत, सदस्य

२०. विन्दवासिनी कंसाकार, सदस्य

रास्वपाले वर्तमान सरकारको औचित्य पूर्णतः समाप्त भइसकेको भन्दै प्रधानमन्त्रीको राजीनामा मागेको छ।

रास्वपाले जेनजीको प्रदर्शनमा भएको दमनबारे उच्चस्तरीय न्यायिक आयोग गठन गरेर छानबिन गर्न, सर्वपक्षीय नागरिक सरकार गर्न, प्रधानमन्त्री, गृहमन्त्री, सञ्चारमन्त्री, काठमाडौंका प्रमुख अधिकारीलाई हिरासतमा लिई कारबाही गर्न र संविधान संशोधनको प्रक्रिया आरम्भ गर्नमाग गरेको छ।