काठमाडौं। कृषि विकासमन्त्री रामनाथ अधिकारी पछि खानेपानीमन्त्री प्रदीप यादवले पनि सरकार छोडेका छन्। उनले जेनजी पुस्ताको प्रदर्शनमा सरकारी दमनको विरोध गर्दै राजीनामा दिएको घोषणा गरेका छन्।
‘जेनजी युवा पुस्ताले गरेको आन्दोलनको समर्थन र सरकारले गरेको दमनको विरोध गर्दै म आफ्नो खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजीनामा दिने घोषणा गर्दछु,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्। यादव जसपाका तर्फबाट सरकारमा थिए।











