कान्सास सिटी, मिसौरी। प्रहरी डिस्प्याचर जुलिया जोर्डनले यस हप्ता आफ्नो ड्युटीका क्रममा अनायासै सेलिब्रिटी गसिप सार्वजनिक गरिन्। उनले खुला माइक्रोफोनबाट ‘टेलर स्विफ्टले इन्गेजमेन्ट गरिन्’ भनेर घोषणा गरिन्।
यो सुनेर ल्यान्सिङ, मिशिगन क्षेत्रका प्रहरी अधिकारीहरूलाई पनि थाहा भयो कि पप स्टार टेलर स्विफ्ट र कान्सास सिटी चिफ्सका स्टार खेलाडी ट्राभिस केल्सले इन्गेजमेन्ट गरेका छन्।
यो खबर आधिकारिक रूपमा इन्स्टाग्राममा पाँचवटा फोटो सहितको पोस्टमार्फत सार्वजनिक गरिएको थियो। दुई वर्षदेखि चलेको प्रेम सम्बन्ध अब परी कथाजस्तो अन्त्यतिर पुगेको छ, जसले विश्वभरका लाखौं फ्यानलाई रोमाञ्चित बनाएको छ।
अमेरिकाभर उत्साहपूर्ण वातावरण भयो। मानिसहरूले विवाह कहिले र कहाँ हुने भनेर बाजी लगाउन थाले। स्विफ्टका फ्यान ‘स्विफ्टीज’ले त विवाहमा कुन स्वादको केक हुने भनेर पनि अनुमान लगाउन थाले।
कान्सास सिटीमा मुख्यालय रहेको कर सेवा कम्पनी एच एन्ड आर ब्लकले आफ्ना कर्मचारीलाई रमाइलो इमेल पठाउँदै भने, ‘सोसल मिडिया चेक गर्न र सम्भावित वेडिङ प्लेलिस्टबारे बहस गर्न घर जान सक्नुहुन्छ।’ इमेलमा थपिएको थियो, ‘प्रेम मनाउ। ड्रेसबारे अनुमान गर। रिसेप्सन कान्सास सिटीमा हुन्छ कि युरोपको कुनै किल्लामा, यसबारे बहस गर।’
टेनेसी विश्वविद्यालयका सहप्राध्यापक म्याथ्यु पिटम्यानले त्यही खबर सुनेपछि आफ्नो सामाजिक सञ्जाल कक्षा सुरु हुनु अघि तत्काल एउटा स्किट तयार पारे। उनले परीक्षा रद्द गर्ने नाटक गर्दै भने, ‘मैले ध्यान केन्द्रित सकिरहेको छैन। तपाईंहरू पनि सक्नुहुन्न। कक्षा रद्द, अब जाउ।’
यो भिडियोमा विद्यार्थीहरू खुसी हुँदै ब्याकप्याक समाएर बाहिर निस्किरहेका देखिन्छन्। कक्षा सकिँदा भिडियोमा करिब ५० हजार भ्यूज पुगेका थिए र बेलुकीसम्म १० लाख पुग्यो। केही मिडियाले त यसलाई सत्य ठानी समाचार बनाएका थिए, जसपछि पिटम्यानले विश्वविद्यालयका उच्च अधिकारीलाई यो केवल नाटक भएको स्पष्ट पार्नुपर्यो।
‘यो त कुनै शाही विवाहजस्तै हुनेछ,’ पिटम्यानले भने, ‘जसको वर्कआउट प्लेलिस्टमा स्विफ्टका धेरै गीत छन्। हामीसँग राजा, रानी छैनन्, तर अब यो छ। यो खुशीको प्रेमकथा हो। धेरैलाई यस्तो सकारात्मक कुरा चाहिएको छ।’
मिशिगनको इन्घम काउन्टीकी डिस्प्याचर जोर्डनका अनुसार, यसअघि उनले सहकर्मीहरूसँग हेरेको ठूलो घटना २०१८ मा प्रिन्स ह्यारी र मेघन मार्कलको विवाह थियो। अब उनले भनिन् कि, यो घटना भएपछि सायद उनीहरू स्विफ्ट र केल्सको विवाह पनि सँगै हेर्नेछन्।
पहिलो पटक माइक्रोफोन खुला हुँदा, एक अधिकारीले भने, ‘तपाईंसँग खुला माइक थियो।’ अनि ठट्टा गर्दै थपे, ‘टेलर स्विफ्टबारे राम्रो समाचार रहेछ।’
जोर्डनले समस्या समाधान गर्न खोजिन् तर उनले थपिन्, ‘डिस्प्याच, म क्लियर। हो, तपाईंलाई टेलर स्विफ्टबारे खुसी लाग्दैन?’ भन्दै गर्दा सबै हाँसे।
जोर्डनले भने, ‘हामी कठिन काम गर्छौं, धेरै गाह्रो कुरा देख्छौं, त्यसैले कहिलेकाहीँ यसरी हाँस्न पाउनु राम्रो हो।’
अधिकारीहरूले पनि रमाइलो गर्दै थपे, ‘ठीक छ, अब थप गसिप सुनाऊ।’
जोर्डनले जवाफ दिइन्, ‘ठूलो रिङ हो।’
एक अधिकारीले भने ‘यो त सबैभन्दा रमाइलो खुला माइक्रोफोन हो।’
यो घटनापछि जोर्डनलाई धेरैले जिस्क्याइरहेका छन्। उनले भनिन्, ‘एक जनाले त म कहिले रिटायर हुन्छु भनेर सोधे, मैले भने चाँडै होइन।’ (एपी)











