निक्षेप तथा कर्जा सुरक्षण कोषले सवा दुई अर्ब राख्न पाएन बैंक, फेरि माग्यो प्रस्ताव



बिजमाण्डू
२०८२ भदौ १० गते ११:४३ | Aug 26, 2025
निक्षेप तथा कर्जा सुरक्षण कोषले सवा दुई अर्ब राख्न पाएन बैंक, फेरि माग्यो प्रस्ताव

काठमाडौं। निक्षेप तथा कर्जा सुरक्षण कोषले सवा दुई अर्ब रुपैयाँ भन्दा धेरै रकम मुद्दती निक्षेपमा लगानी गर्नका लागि फेरि प्रस्ताव मागगेको छ।

Tata
GBIME
Nepal Life

कोषले २ अर्ब ३४ करोड रुपैयाँ लगानीयोग्य रकम मुद्दती निक्षेपमा राख्नका लागि मंगलबार फेरि प्रस्ताव मागेको हो।

कोषको रकम मुद्दती निक्षेपको रुपमा स्वीकार गर्न चाहने बैंकले भदौ १२ गते कार्यालय समयभित्र प्रस्ताव पेस गर्नुपर्नेछ। प्रस्तावमा आफूले स्वीकार गर्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नुपर्ने कोषले जनाएको छ।