सुनको मूल्य ८०० रुपैयाँ बढ्यो, तोलाको एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार हुँदै



बिजमाण्डू
२०८२ भदौ ६ गते ११:३४ | Aug 22, 2025
सुनको मूल्य ८०० रुपैयाँ बढ्यो, तोलाको एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार हुँदै

काठमाडौं । साताको अन्तिम दिन आज सुन र चाँदीको मूल्य बढेको छ। शुक्रबार सुन तोलामा ८०० रुपैयाँ र चाँदी तोलामा २० रुपैयाँले वृद्धि भएको हो।

Tata
GBIME
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य आज प्रति तोला एक लाख ९५ हजार २०० रुपैयाँ निर्धारण भएको छ।

बिहीबार सुन तोलामा एक हजार ३०० रुपैयाँले बढेर प्रति तोला एक लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य प्रति तोला २ हजार ३१० रुपैयाँ पुगेको छ। बिहीबार चाँदी प्रति तोला २ हजार २९० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस ३३२८.८ डलर छ। चाँदी प्रतिऔंस ३८.०४ डलर रहेको छ।