काठमाडौं । साताको अन्तिम दिन आज सुन र चाँदीको मूल्य बढेको छ। शुक्रबार सुन तोलामा ८०० रुपैयाँ र चाँदी तोलामा २० रुपैयाँले वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य आज प्रति तोला एक लाख ९५ हजार २०० रुपैयाँ निर्धारण भएको छ।
बिहीबार सुन तोलामा एक हजार ३०० रुपैयाँले बढेर प्रति तोला एक लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य प्रति तोला २ हजार ३१० रुपैयाँ पुगेको छ। बिहीबार चाँदी प्रति तोला २ हजार २९० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस ३३२८.८ डलर छ। चाँदी प्रतिऔंस ३८.०४ डलर रहेको छ।