काठमाडौं । एउटा भिसा प्रयोजनमा आएर अर्कै गतिविधि गर्ने तीनजना विदेशी नागरिकलाई अध्यागमन विभागको टोलीले नियन्त्रणमा लिएको छ।
ललितपुरको धोबिघाटमा धर्मिक संस्था हिमालयन शिक्षा तथा हितेशी समाजमा गल्स होस्टेल राखेर तीनजना इन्डोनेसियाका महिलालाई शिक्षिका बनेर पढाइरहेको पाइएपछि विभागको टोलीले नियन्त्रणमा लिएको हो।
उनीहरूले होस्टलेको लागि घर नै भाडामा लिएका थिए। नियन्त्रणमा लिइएका मध्ये एक महिलाले पर्यटन र दुईले अध्ययन भिसा लिएका थिए। दुई महिलाले विश्व भाषामा अध्ययन गर्ने भन्दै भिसा लिएका थिए।
होस्टलमा राखेर ५० जना विद्यार्थीलाई कुरान पढाइरहेको समयमा विभागले उनीहरुलाई नियन्त्रणमा लिएको हो। त्यस्तै, उनीहरुले ललितपुरको अर्को ठाउँमा पनि छात्रलाई होस्टलमा राखेर कुरान पढाउने गरेको खुलेको अध्यागमन विभागका निर्देशक टीकाराम ढकालले बताए।
उनीहरुलाई टर्कीए र बेलायतको धर्मप्राचारक संस्थाबाट वार्षिक २ करोड ५० लाख रुपैयाँ आउने गरेको देखिएको अनुसन्धानमा खुलेको छ।








