वात्सल्य क्लिनिकको अफर : पहिलो आइभीएफ चक्रपछि आवश्यक परेमा दोस्रो निःशुल्क 



बिजमाण्डू
२०८२ भदौ ३ गते १६:३८ | Aug 19, 2025
वात्सल्य क्लिनिकको अफर : पहिलो आइभीएफ चक्रपछि आवश्यक परेमा दोस्रो निःशुल्क 

काठमाडौं । प्रजनन उपचारको क्षेत्रमा परिचित वात्सल्य क्लिनिकले आफ्नो ९औं वार्षिकोत्सवको अवसरमा ‘सफलताको सम्भावना दोब्बर, खुसी चौगुणा’ नारासहित विशेष अफर घोषणा गरेको छ। 

Tata
GBIME
Nepal Life

अफर अनुसार वात्सल्य क्लिनिकमा पहिलो आइभीएफ चक्र गराउने जोडीहरूका लागि यदि पहिलो चक्रबाट गर्भधारण हुन नसकेमा र त्यस चक्रबाट स्वस्थ भ्रूण  बाँकी रहेमा दोश्रो आइभीएफ चक्र निःशुल्क हुने छ। यो पहल सन्तान प्राप्तिको सपना बोकेका दम्पतीहरूलाई थप अवसर प्रदान गर्न लक्षित रहेको क्लिनिकले जनाएको छ।

यो अफर सीमित अवधिको लागि लागू हुनेछ। क्लिनिकले यसबारेमा बुझ्न चाहने दम्पतीहरूलाई थप जानकारीका लागि वात्सल्य क्लिनिकमा सम्पर्क गर्न अनुरोध गरेको छ।

समाजमा बढ्दो निःसन्तानताको चुनौतीलाई सम्बोधन गर्दै ७० % भन्दा बढीको आइभीएफ सफलता दरका साथ ९ हजार भन्दा बढी परिवारहरूलाई सन्तान सुख प्रदान गरिसकेको वात्सल्यले जनाएको छ।