काठमाडौं। नाइमा नेपाल मोबिलिटी एक्स्पोमा निसान लिफ र सिट्रोन सी-३ गाडी सोल्ड आउट भएका छन्।
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याचर्स एसोसियसन अफ नेपाल (नाइमा)ले काठमाडौंमा गरेको ६ दिन लामो एक्स्पोमा निसान लिफ र सिट्रोन सी-३ गाडी सोल्ड आउट भएका हुन्। यी गाडी स्टकमा थिए।
निसानको बिक्रेता शारडा ग्रुपले निसान लिफ सबै बुकिङ भएको जनाएको छ। कम्पनीले यो गाडीमा २० लाख रुपैयाँ छुट दिएको थियो।

यस्तै सिट्रोन बिक्री गर्ने सांग्रिला मोटर्सले पनि गाडी सोल्ड आउट भएको जनाएको छ। सिट्रोन सी-३ मा साढे ११ लाख रुपैयाँ छुट थियो।
लिपमोटरको टी०३ पनि सोल्ड आउट भएको छ। यो गाडीमा ६ लाख रुपैयाँ छुट थियो।











