सानिमा बैंकले गत वर्ष कमायो २ अर्ब ५७ करोड नाफा, लाभांश क्षमता २०.४७ प्रतिशत



बिजमाण्डू
२०८२ साउन २६ गते ०८:१९ | Aug 11, 2025
सानिमा बैंकले गत वर्ष कमायो २ अर्ब ५७ करोड नाफा, लाभांश क्षमता २०.४७ प्रतिशत

काठमाडौं। सानिमा बैंकको नाफा ७.२४ प्रतिशतले बढेको छ। गत आर्थिक वर्ष २०८१/८२ मा बैंकको नाफा २ अर्ब ५७ करोड रुपैयाँ पुगेको हो। अघिल्लो आर्थिक वर्ष बैंकले २ अर्ब ३९ करोड रुपैयाँ नाफा गरेको थियो।

Tata
GBIME
Nepal Life

बैंकको ब्याज आम्दानीसँगै फि-कमिसन बढ्दा नाफामा सुधार भएको हो। गत वर्ष बैंकको ब्याज आम्दानी २.८१ प्रतिशतले बढेर ६ अर्ब ३५ करोड पुगेको छ। अघिल्लो वर्ष बैंकको यस्तो आम्दानी ६ अर्ब १८ करोड थियो।

बैंकको खराब कर्जा पनि बढेको छ। अघिल्लो वर्ष १.७२ प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर ३.०१ प्रतिशत पुगेको छ। खराब कर्जा बढ्दा बैंकको कर्जा नोक्सानी समेत बढेको छ।

गत वर्ष बैंकले १ अर्ब ८८ करोड प्रोभिजनिङ गरेको छ। अघिल्लो वर्ष प्रोभिजनिङ १ अर्ब ४३ करोड थियो। बैंकको पुँजीकोष अनुपात १३.०१ प्रतिशत छ।

नाफा बढेसँगै बैंकको वितरणयोग्य मुनाफा समेत बढेको छ। गत वर्ष बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७८ करोड पुगेको छ। यसलाई हेर्दा बैंकको लाभांश क्षमता २०.४७ प्रतिशत देखिएको छ।

बैंकको प्रति सेयर आम्दानी १८.९३ रुपैयाँ र नेटवर्थ १६८.८३ रुपैयाँ पुगेको छ।