रसुवा नाका बन्द भएपछि तातोपानी भन्सारलाई भ्याइनभ्याइ, बढ्यो फलफूलको आयात



बिजमाण्डू
२०८२ साउन ७ गते १३:५४ | Jul 23, 2025
रसुवा नाका बन्द भएपछि तातोपानी भन्सारलाई भ्याइनभ्याइ, बढ्यो फलफूलको आयात

काठमाडौं। तातोपानी नाकाबाट फलफूलको आयात बढ्न थालेको छ। बाढीले रसुवा नाका बन्द भएपछि तातोपानी नाकाबाट फलफूल आयात बढेको हो।

Tata
GBIME
Nepal Life

तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत सूर्यप्रसाद काफ्लेले दैनिकरुपमा ८ कन्टेनरभन्दा बढी स्याउ भित्रिरहेको जानकारी दिए।

उनका अनुसार तातोपानी नाकाबाट अहिले दैनिक १५ देखि २० कन्टेनर सामान भित्रिरहेको छ। ‘स्याउका साथै लसुन, ओखर, मसलाजन्य वस्तु धेरै भित्रिरहेको छ,’ काफ्लेले भने।

असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले चीनसँगको मुख्य व्यापारिक नाका बन्द हुन पुगेको थियो।

‘केरुङतर्फ रहेका सामान डाइभर्ट गरी तातोपानी हुँदै ल्याउने कुरा छ। तर, कहिले आइपुग्ने भन्ने यकिन छैन,’ काफ्लेले भने।केरुङतर्फ करिब ३ सय कन्टेनर रोकिएको अनुमान छ।