सागको भलिबलको प्रत्यक्ष प्रसारण नेपाली च्यानल एक्सन स्पोर्टसले गर्ने

बिजमाण्डू
२०७६ मंसिर ११ गते १४:१० | Nov 27, 2019
सागको भलिबलको प्रत्यक्ष प्रसारण नेपाली च्यानल एक्सन स्पोर्टसले गर्ने

Tata
GBIME

काठमाडौं। नेपालकै पहिलो र एक मात्र स्पोर्टस च्यानल एक्सन स्पोर्टस मा १३औं दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत भलिबल खेलको प्रत्यक्ष प्रसारण गर्ने भएको छ।

कम्पनीका अनुसार १३ औं संस्करणको साग अन्तर्गत हुने भलिबल प्रतियोगिताका सम्पुर्ण खेल मंसिर ११ गते देखी १७ गते सम्म डिशहोेमको एक्सन स्पोर्टस च्यानल नं. १०५ एसडी  र ९९१ एचडीमा  प्रत्यक्ष प्रसारण हुनेछ ।

नेपाल बिरुद्ध बंगलादेशको महिला भलिबल प्रतियोगिता बुधबार ३ बजे हुँदैछ भने नेपाल विरुद्ध बंगलादेशको पुरुष भलिबल प्रतियोगिता साँझ ७ बजे हुँदैछ ।