नागढुंगा-नौबिसे सुरुङमार्गको लागत थपियो, जापानसँग सवा ५ अर्ब सहुलियतपूर्ण ऋण लिन स्वीकृति



बिजमाण्डू
२०८२ असार ३२ गते १९:२३ | Jul 16, 2025
नागढुंगा-नौबिसे सुरुङमार्गको लागत थपियो, जापानसँग सवा  ५ अर्ब सहुलियतपूर्ण ऋण लिन स्वीकृति

काठमाडौं। सरकारले निर्माणको अन्तिम चरणमा पुगेको नागढुंगा-नौबिसे सुरुङमार्गका लागि जापानसँग सवा ५ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण लिने भएको छ।

Tata
GBIME
Nepal Life

सुरुङमार्ग निर्माणको काम तोकिएको समयमा सम्पन्न हुन नसकेर लागत थपिएपछि सरकारले जापानसँग सहुलियतपूर्ण ऋण लिने भएको हो।

असार ३० गते बसेको मन्त्रिपरिषद बैठकले जापानी येन ५ अर्ब ७० करोड (५ अर्ब २७ करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बुधबार जानकारी दिए।

सुरुमा ४२ महिनामा सक्ने गरी जापानी कम्पनी हाज्मा-आन्द्रो जेभीसँग १३ अर्ब ३३ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।

तर, कोभिड लगायत कारण काम प्रभावित भएपछि एक पटक १८ महिना र अर्को पटक एक वर्ष समय थपिएको थियो।

ठेक्काबाहेक अन्य काम र मुआब्जा गरी आयोजनामा साढे २२ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरी नेपालले ६ अर्ब रुपैयाँ हाल्ने भनिएकामा समय बढेर निर्माण लागत र परामर्श खर्च बढेपछि ५ अर्ब २७ करोड रुपैयाँ ऋण लिन लागिएको हो।