पहिरोका कारण कालीगण्डकी करिडोर पूर्णरूपमा अवरुद्ध, तत्काल सडक खुलाउन नसकिने

बिजमाण्डू
२०८२ असार २५ गते ०७:३१ | Jul 9, 2025
पहिरोका कारण कालीगण्डकी करिडोर पूर्णरूपमा अवरुद्ध, तत्काल सडक खुलाउन नसकिने
फाइल फोटो।

ढोरपाटन। पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। मंगलबार साँझदेखि परेको भारी वर्षाका कारण पहिरो खस्दा करिडोर पूर्णरूपमा अवरुद्ध भएको हो।

Tata
GBIME

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी वसन्त पाण्डेका अनुसार करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो।

वर्षा नरोकिएकाले तत्काल सडक खुलाउन नसकिने बताउँदै उनले पानी रोकिएपछि पहिरो पन्छाइने जानकारी दिए। केही स्थानमा सडक भासिएको छ।