
काठमाडौं । वीपी राजमार्ग अन्तर्गत काभ्रेभञ्ज्याङ भकुन्डेबेसी हुँदै सिन्धुली जाने सार्वजनिक तथा निजी यातायातलाई रातिकबो समयमा संचालनमा रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सूचना जारी गर्दै मनसुनका कारण बाढी पहिरोको खतरा रहेको भन्दै जोखिम न्यूनिकरणको लागि जिल्ला सुरक्षा समितिको बैठकले सो निर्णय गरेको जनाएको हो।
आज साँझ ६:३० बजेदेखि नै सवारी साधन संचालनमा रोक लगाइएको छ। साँझदेखि बिहान ५ बजेसम्मलाई सो सडकखण्डमा कुनै पनि गाडी संचालनमा रोक लगाइएको हो। यो निर्णय एक महिना सम्म लागू हुनेछ।
गत वर्ष रोशी खोलामा बाढी आउँदा वीपी राजमार्गको विभिन्न खण्ड बगेको थियो।
