सडक भत्किएपछि कर्णाली राजमार्गमा ठूला सवारीसाधन संचालन गर्न रोक

बिजमाण्डू
२०८२ असार २० गते ११:४७ | Jul 4, 2025
सडक भत्किएपछि कर्णाली राजमार्गमा ठूला सवारीसाधन संचालन गर्न रोक
फाइल तस्बिर : रासस।

काँक्रेविहार। कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका-६ गोठिभिरमा सडक भत्किएपछि ठूला सवारीसाधन संचालनमा रोक लगाइएको छ।

Tata
GBIME

आज बिहान उक्त ठाउँमा सडक भत्किएकाले ठूला सवारीसाधन संचालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय, कालीकोटले जनाएको छ।

प्रहरी नायब उपरीक्षक टेकबहादुर रावलले भने, ‘अविरल वर्षाका कारण राजमार्गमा यात्रा गर्दा अत्यन्त जोखिम भएका कारण आवश्यक सजगता अपनाउनसमेत अनुरोध गर्दछौँ।’