भियनालाई उछिन्दै कोपेन्हेगन सन् २०२५ को लिभएबल सिटी, प्रमुख १० बस्नयोग्य सहर कुन कुन?

बिजमाण्डू
२०८२ असार १२ गते १४:५१ | Jun 26, 2025
भियनालाई उछिन्दै कोपेन्हेगन सन् २०२५ को लिभएबल सिटी, प्रमुख १० बस्नयोग्य सहर कुन कुन?
Photo : Getty Images


गत वर्ष अस्ट्रियाको भियना विश्वकै सबैभन्दा बस्नयोग्न (लिभएबल) सहर थियो। सन् २०२५ मा भने यो उपाधि डेनमार्कको कोपेनहेगनले पाएको छ।

Vigo
GBIME
Tata

इकोनोमिक इन्टेलिजेन्स युनिटले हरेक वर्ष निकाल्ने लिभएबल सिटीको सूचीमा गएको ३ वर्ष भियना पहिलोस्थानमा थियो। यो वर्ष भने भियना सूचीको दोस्रो नम्बरमा परेको छ। यसपटक स्विटजरल्याण्डको जुरिच पनि भियनासँगै सूचीको दोस्रो स्थानमा छ।

युनिटले विश्वका १७३ सहरको स्वास्थ्य, शिक्षा, स्थायित्व, पूर्वाधार र वातावरणसँगै अन्य सूचकहरुलाई आधार बनाएर सूची तयार गरेको हो।

प्रमुख १० बस्नयोग्य सहर

१. कोपेनहेगन, डेनमार्क

२. भियना, अस्ट्रिया

२. जुरिच, स्वीटजरल्याण्ड

४. मेलवर्न, अष्ट्रेलिया

५. जेनेभा, स्वीटजरल्याण्ड

६. सिड्नी, अष्ट्रेलिया

७. ओसाका, जापान

७.अकल्याण्ड, न्यूजिल्याण्ड

९. एडिलेड, अष्ट्रेलिया

१०. भ्यानकुभर, क्यानडा