
कतारले अस्थायी रूपमा आफ्नो हवाई क्षेत्र बन्द गरेको जनाएको छ। इजरायल र इरान बीचको युद्धका कारण पछिल्लो समय खाडी क्षेत्रमा उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै कतारले यो निर्णय गरेको हो।
आफ्ना नागरिक र पर्यटकको सुरक्षालाई मध्यनजर गर्दै एयरस्पेस बन्द गरेको कतारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
अमेरिकाले इरानको आणविक आक्रमण गरेपछि इरानले जवाफी आक्रमण गर्न सक्ने खतरा उत्पन्न हुँदा कतारले यस्तो निर्णय गरेको हो।
अहिले कतारका लागि तय विमान अन्यन्त्र डाइभर्ट भइरहेका छन्।
अमेरिका र बेलायतले कतारमा रहेका आफ्ना नागरिकहरूलाई सुरक्षित रहन पनि भनेको छ। एडभाइजरी जारी गर्दै यदि देशले आफ्ना नागरिकहरूलाई उपयुक्त स्थानमा सेल्टर लिन भनेको हो।